मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आलेख जाँगरले भरिएका पाखुराहरु



काठमाडौँ, १२ चैत हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेक्नुभएकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उन्लाई देख्नेहरु झुकिन्छन् । किनकी उन्को कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उन्ले भने, “सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।”

पाटनढोका नजिकै रहेको चौतारा मुनि उन्‘को दिनचर्या बित्छ । वरिपरि चना, बदाम, मकै र भट्मास खानेकुरा बिछाएर राख्नछन । बोली तोते छ । सुन्न र बुझ्न कठिन छ । अलि चर्को स्वरले बोले मात्रै सुन्छन । उन्‘का केही पुराना ग्राहक छन्, जसले इसारामै सबै बुझछन् ।

बेच्न राखेका सामान हाउभाउमै बिक्री गर्छन, गणेशमाया ।

दश वर्षभन्दा बढी भयो उहाँ‘ त्यही चौतारमा बसेर व्यापारी जीवन बिताएको । जन्माएका सन्तानमध्ये दुई छोरा उहाँ‘कै आँखा अघि बिते । बाँकी एउटा छोरो छ, घरको बाँच्ने आधार । 

छोराको एक्लो सङ्घर्ष देख्न गणेशमायाको मनले मान्दैन । छोरालाई सघाउन र आफू आत्मनिर्भर हुन फुटपाथमा व्यापार रोजेको बताए ।उन्ले । “छोराले सबै सामान किनेर ल्याइदिन्छ, अनि यही पिपल चौतारामुनि छोडिदिन्छ”, उनि‘ थप्नछन, “दिनभरि केही नभए पनि हजार रुपैयाँ जति कमाउछु ।”

आँखा कमजोर हुनु बाहेक गणेशमायाको शरिरमा कुनै गम्भीर रोग छैन । दिनभरि बसेर व्यापार गर्नु पर्दा कहिलेकाहीँ कम्मर दुख्छ । उन्‘ले त्यसको आफ्नै उपचार अपनाएकोछ । । बाह्रहाते पटुकी कसेर व्यापार बछन । काम गरी खान उमेर बाधक हुँदैन भन्ने गणेशमायाको जीवनी धेरैका लागि प्रेरणा बन्ने गरेको छ । 

गणेशमायाकै छेउमा कागती, अदुवा, अमला, खुर्सानीजस्ता सामाग्री बेच्न बस्नुभएकी मनमाया लामाको सक्रियता अझै लोभलाग्दो छ । उमेरले ७० नाघेकी उन्ले आफैँ कलङ्की पुगेर होलसेलमा सामान ल्याउछन । उन्‘को सहयोगी कोही छैन । भएका छोराबुहारी आफ्नै जीवनयापनमा व्यस्त छन् । 

मनमाया सर्लाहीबाट दुई दशकअघि काठमाडौँ आएको सम्झनछन । कुन समय उन्लाई यकिन छैन । तर, बाढीले सबै घरबार बगाएपछि बेघरभएर 

उनका जिउ पाल्न सन्तानसहित काठमाडौँ पसेैका थियो । पाटनमा बस्ने उन्ले‘ एउटा कोठाको पाँच हजार रुपैयाँ भाडा तिरछन । “दिनभरि सुतेर बस्नुभन्दा दुई–चार रुपैयाँ कमाउछन ,” उनी‘ सुनाउछन, “हातखुट्टा चलुन्जेल कामै गरेको निको लाग्छ ।” मनमायालाई खित्काछोडी हास्न निकै मन पर्छ ।

गणेशमाया र मनमाया त्यही चौतारामा व्यापार खुब जमेको बेला एकअर्काको अनुहार हेरेर मस्त हाँस्छन । कहिलेकाहीँ सोचे जस्तो हुँदैन । त्यसबेला 

उसै गरी उदास पनि हुनछन । मनमाया र गणेशमायाले जीवन सरल बनाउने सूत्र जान्एका छन । मनमाया सुनाउछन,“खुसी हुने भनेको अरुको लोभ नगर्ने, आफू मेहनत गर्ने ।”

लमजुङ घर भएकी धनकुमारी घले ६४ वर्षको पुग्नुभयो । छोराछोरीले राम्रै कमाउँछन् । खान लाउन दुःख छैन । तर, उहाँ‘ काम नगरी बस्न हुन्न् । 

छोराले गाडीको ग्यारेज खोलेका छन् । त्यही ज्यारेजको छेउमा उहाँ‘ नाङ्लोभरी बादम राखेर बेच्नुहुन्छ । हरियो मकैको याममा मकै राख्नुहुन्छ । यति मात्रै होइन, उहाँ‘ एक्लै हिडेर कालीमाटी पुग्नुहुन्छ समान किन्न । औषधिको नाममा अहिलेसम्म सिटामोलबाहेक अरु केही खानु परेको छैन धनमायालाई ।

उन्‘का श्रीमान मानसिक रोगले पीडित छन । उनको स्याहार समेत गर्न भ्याउनु भएकी धनमाया जीवनमा कहिल्यै हरेस नखाने सुनाउछन । 

बढ्दो महङ्गीले छोराछोरीले जति कमाए पनि अपुग हुने अवस्था छ । बुढाबुढी भएपछि उल्टै स्याहार्नु पर्ने झन्झट उहाँ‘ले सन्तानलाई दिन चाहनुहुन्न । “अहिलेका छोराछोरीलाई जीउ पाल्न दुःखै छ’’, धनकुमारी भन्नुहुन्छ,“हाम्रो पालामा जस्तो सस्तो र सजिलो छैन ।”

धनकुमारीको विचारमा बुढौलीले छोए पनि दिनभरि त्यतिकै बस्नुभन्दा केही न केही सक्ने काम गर्नु स्वास्थ्यको लागि हितकर हुने अनुभव सुनाउछन ।

बिहानै ४ बजे उहाँ‘को निद्रा खुल्छ । सबै सुतिरहेको बेला उहाँ‘ उठेर कालीमाटी हाटबजारमा व्यापार गर्ने सामग्री किन्न पुग्नुहुन्छ । आफूले कमाएको पैसाले नातिनातिनालाई आवश्यक परेको खानेकुरा, लगाफाटा र कापीकलम समेत किनिदिए ।

काठमाडौमा उहाँ‘लाई कुनै बेला दुई रुपैयाँमा एक पाउ खसीको मासु किनेको याद छ । श्रीमानले उतिबेला जागीर गरेर ६० रुपैयाँ तलब पाउनुहुन्थ्यो । 

त्यही रुपैयामा पूरै घरखर्च चल्थ्यो र बचत पनि हुन्थ्यो । अहिले मह‘गाइले आकाश छोएको छ । घरका सबैले मिलेर कमाउँदा समेत खान हम्मेतम्मे हुने धनमाया सुनाउछिन । उनि‘ भन्छन,“मैले आफ्नो खर्च जुटाए भने पनि छोराछोरीलाई धेरै राहत हुन्छ ।”

बुढानीलकण्ठ घर भएका इन्द्रबहादुर मिजार उमेर बढेसँगै शरिरमा आलस्य छाउन दिन नहुने मान्यता राख्नुहुन्छ । बुढौलीमा मन फुर्तिलो बनाउन नियमित शारीरिक व्यायम जरुरी छ ।

उनि बिहानै उठेर अनिवार्य बिहानीको हिंडाइमा जाछिन । पूजापाठ गरेर व्यवसायमा सक्रिय हुनछिन । उन्‘ले बॉसबारी छाला जुत्ताचप्पल कारखानामा १३ वर्ष जागिर गरिन । जागिरे जीवनमा हुँदा उन्‘ले आफैँले जुत्ता सिउने सीप सिकेकि थिएन ।

उमेर छिप्पिदै गएपछि जागिर खानु उचित लागेन । आफ्नै लागि केही गर्ने सोच बनाउनुभयो । सार्की समुदायमा पुख्र्यौली पेसा जुत्ता सिलाउने काम 

उहाँ‘ले सिकेको थिएन । तर, पछि अरुको हेरेर जुत्ता सिलाउने काम सिक्नुभयो । अहिले आफ्नै पसल सञ्चालन गरेर बस्नु भएको छ । “सीप महत्वपूर्ण हुने रहेछ”, उनले‘ भन्छिन, “बुढौलीमा काम आएको छ ।”

 इन्द्रबहादुर अलि पुराना पुस्ताका हुनुहुन्छ । उहाँ‘ले सिलाउने जुत्ता, चप्पलको डिजाइन पुरानै शैलीका छन् । समयको मागअनुसार आधुनिक शैलीका जुत्ता सिलाउनु पर्छ । ग्राहकको माग अनुसारको सामग्री दिन नसक्दा उहाँ‘ अलि चिन्तित हुनुहुन्छ । उहाँ‘लाई परम्परागतभन्दा आधुनिक सीप सिकाइमा 

तालिम लिन पाए आम्दानी राम्रो बनाउन सकिने बताउनुहुन्छ । ‘‘आधुनिक सीप सिक्ने मन छ, वडाले तालिम दिन्छ रे सुनेको छु, मैले अहिलेसम्म लिन पाएको छैन’’, उन्ले भन्छिन,“उमेर ढल्किदै गएपनि सिक्ने रहर उस्तै छ ।”

भक्तपुरका नारायणकाजी काशिछ्वा निजामती कर्मचारीबाट स्वेच्छाले निवृत्त हुनुभयो । दुई दशक जिल्ला शिक्षा अधिकारीको रुपमा अनुभव बटुल्नुभएको छ । जागिर छोडेर घरमै बस्ने मनसाय उहाँ‘को थिएन । ६१ वर्षको उमेरसम्म नारायणकाजीले जागिरे जीवनमा भन्दा बढी कार्य अनुभव संगाल्ने 

अवसर पाउनु भएको थियो । विभिन्न स्कुलमा पुगेर शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि, आवश्यक शिक्षक तालिम दिने, विद्यालयप्रति विद्यार्थीको मनोबल बढाउने, मनोपरामर्श दिने जस्ता कार्य गर्दै आउनु भएको छ ।

यतिबेला उहाँ‘को अधिकांश समय विद्यालयको अनुगमनमा बित्छ । “अबको शिक्षा शैलीमा व्यवहारिकता जरुरी छ,” उहाँ‘ भन्नुहुन्छ,“विद्यार्थी, शिक्षक र विद्यालयको समग्र गुणस्तर सुर्धाने तालिम दिदै आएको छु ।” नारायणकाजीले जागिर छोड्दा धेरैले सोच्थे, अब घरमै सुतीसुती खाने होला भनेर ।” नारायण 

यो सोचको ठीक विपरीत मत राख्नुहुन्छ । शरिरले साथ दिंदासम्म कर्म गर्नुपर्छ । उहाँँका छोरा, बुहारी अस्ट्रेलियामा बस्ने गर्दछन् । ९० वर्षकी आमा र पत्नीको स्याहार गर्ने जिम्मेवारी पनि नारायणकाजीमै छ ।

नारायाणलाई उहाँ‘की आमाले नै सिकाएको पाठ छ, शरीरले भ्याउदासम्म कर्म गर्न नछोड्नु भन्ने । त्यसैलाई आत्मसात् गरेका नारायण आफू स्वस्थ रहनुको मूल कारण पनि कर्ममा सक्रिय हुनु हो । “बुढौली उमेर बेकार हुँदैन”, उहाँ‘ सुनाउनुहुन्छ, “त्यतिबेला परिवारको व्यवस्थापन पनि भइसकेको हुन्छ, 

आफ्नो खुसीले जिउने समय भनेकै यही उमेर हो ।” नारायणकाजी आफ्नो पाक्दै गरेको उमेर भरपुर उत्साहका साथ बिताउन सिपालु हुनुहुन्छ । हरेक दिन

सिक्ने र सिकाउने काममा सक्रिय बताउनुहुन्छ । सक्रियता र व्यस्तताले उमेरको बारे सोच्ने फुुर्सद नै छैन उहाँँलाई । अधिकांश जेष्ठ नागरिक फुर्सदमा तास खेलेर, नसा खाएर, दुःखी भएर नकारात्मक जीवन शैलीमा फसेका मात्र हुँदैनन्, अनेक रोगव्याधीबाट पनि ग्रस्त हुने गर्दछन् । त्यस्तो कार्यबाट आफूले आफूलाई बचाउन सकारात्मक सोच र सही बानी बसाल्न जरुरी रहेको उहाँ‘ बताए ।

जोरपाटीका श्यामसुन्दर खतिवडाले निजामती कर्मचारीको अवकासपछि जेष्ठ नागरिकमा आउने उदासी र छटपटीको गहिरो अनुभूति गर्नुभयो । 

बुढ्यौलीले छुँदा व्यर्थ समय मान्दै मानसिक समस्या झेल्नु पर्ने, सबैको हेला हुनुपर्ने अवस्थाबाट जोगिन उहाँ‘ले एउटा उपाय अपनाउनु भएको छ । हरेक
महिनाको ८ गते जोरपाटीस्थित चामुन्डा मन्दिरमा वरिपरिका जेष्ठ नागरिक भेला गराई उनीहरुलाई खुसी बनाउने विभिन्न रोचक क्रियाकलाप गराउन सुरु गरे ।
“केटाकेटीको जन्मोत्सव सबैले मनाउँछन्, बुढाबूढीको खासै वास्ता गरिँदैन परिवारमा”, उहाँ‘ भन्नुहुन्छ, “हामी सबै मिलेर त्यो दिन बुढाबूढीको जन्मोत्सव बनाउँछौँ, नाच्छौँ, गाउछौँ र मज्जाले हास्छौँ ।”

श्यामसुन्दरका अनुसार उमेर ढल्किँदै जाँदा परिवारको माया र साथको खाँचो हुन्छ । अहिले व्यस्त छोराछोरीले आमाबुबालाई समय निकाल्न कठिन छ । जसको कोही छैन, र वेसहारा बुढाबूढीको सहारा बनेर सहयोगी साझेदारी गर्न श्यामसुन्दरले भेला गर्ने गरेको बताए।  

राष्ट्रिय जनगणना २०७८ का अनुसार कुल जनसंख्याको १० दशमलब २१ प्रतिशत जनसंख्या जेष्ठ नागरिक रहेको रहेको छ । २९ लाख ७७ हजार तीन सय १८ जेष्ठ नागरिकमध्ये १५ लाख ३३ हजार चार सय ११ महिला छन् भने १४ लाख ४३ हजार नौ सय सात संख्या पुरुष छन् । बृद्धवृद्धाका क्षेत्रमा कार्यरत 

संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमका अनुसार जेष्ठ नागरिकको कुुल जनसङ्ख्याको ९।२२ प्रतिशत ज्येष्ठ नागरिक स्वस्थ्य र सक्रिय अवस्थाका छन् । उनि‘हरु सक्रिय भएर परिवारमा र राष्ट्रको टेवामा सहभागी भइरहेका छन् ।

औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाई आएको उन्ले बताए । “बुढो हुनु भनेको कमजोर हुनु मात्र होइन, उसको भूमिकामा परिवर्तन आउनु हो”, उन्ले भन्ेै, “जेष्ठ 

नागरिकलाई रोजगारको वातावरणमा सहुलियत हुने कार्यक्रम ल्याउन जरुरी छ ।” त्यस्तै, बुढाबूढीले परिवारमा नातिनातिना हुर्काइ दिएर, घर रुँघेर, भान्सा

सम्हालिदिएर बिनापारिश्रमिक काम गरेको भएपनि त्यसको उचित सम्मान भने परिवार र राज्यले दिन नसकेको प्रकाशको भनाइ छ । राज्य र परिवारले ऊर्जावान् ज्येष्ठ नागरिकको सीप र क्षमताको कदर गर्न आवश्यक रहेको उन्ले बताए ।
(((

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १२ : ४७ बजे