आयरल्याण्ड वुल्भसविरुद्धको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी



काठमाडौँ । आयरल्याण्ड वुल्भसविरुद्धको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ।

आयरल्याण्ड वुल्भसले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेत र सन्दीप जोराले ५५ रनको अर्धशतकिय साझेदारी गरे।

कुशलले ब्यक्तिगत ३७ रनमा अविजित रहँदा आक्रमक प्रस्तुत गरेको सन्दीपले ३६ रन बनाए।

सन्दीप १३.२ ओभरमा क्याच आउँट भए। उनले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

यस्तै, दिपेन्द्र सिंह ऐरीले २० रन बनाए। उनले १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा अविजित रहे।

त्यसअघि नेपालले ओपनर आशिफ शेखलाइइ १६ रन कप्तान रोहित कुमार पौडेल शून्य तथा गुलसन झा ४ रनमा गुमाएको थियो

जबकी नेपालले ६ ओभरको समाप्तिमा ३ विकेट गुमाए ३८ रन बनाएको थियो।

त्यसपछि क्रिजमा आएका सन्दीपले कुशलसँग राम्रो साझेदारी गर्दै नेपालको जितको आधार खडा गरे।

यता, आयरल्याण्डको लागि ग्यारेथ जेम्स डेलानी २, थोमस मेयस र बेन्जा व्हाइटले समान १र१ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा सवै विकेट गुमाएर १२१ रन बनाएको थियो।

आयरल्याण्डका लागि स्टेफन दाने ४६ रन जोडेका थिए। उनले ३९ बलमा २ छक्का र ४ चौका प्रहार गरेका थिए। उनलाई कुशल भुर्तेलले दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका थिए। त्यसैगरी लियाम म्याकार्थीले १६ रन बनाए। थोमस मेएस १६ रनमा रनआउट भए।

उनलाई ललित राज वंशीले एलबीडब्ल्यू आउट गरे। त्यस्तै, फियोन ह्यान्डले ११ रन जोड्दा अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। केड क्रमचेल ८, नेइल रकले ५, रस एडेर र ग्रेथ डेलीनीले चार चार रन बनाए।

नेपालका ललित राजवंशी, गुलसन झा र कुशल भुर्तेलले दुई दुई विकेट लिँदा करण केसी र कुशल मल्लले एक एक विकेट हात पारे। आयरल्याण्डका २ खेलाडी रन आउट भएका थिए।

प्रकाशित मिति : चैत्र १२, २०८० सोमबार  ४ : १३ बजे