मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरुले पन्जाबलाई ४ विकेटले हरायो



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले पन्जाबविरुद्ध ४ विकेटको जित निकालेको छ । बेंगलुरुको एम चेन्नास्वामीमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बांकी छँदै ६ वकेट गुमाएर पुरा गर्यो ।

बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रनको पारी खेले । त्यस्तै, दिनेश कार्तिकले २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे । पन्जाबका लागि हरप्रित ब्रार र काशिगो राबाडाले दुई÷दुई तथा हर्ष पटेल र साम कुरानले एक÷एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए ।

प्रभ सिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए । जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साम करनले १७बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।

बेंग्लोरका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान दुई÷दुई तथा अल्जारी जोसेप र यस दयालले समान एक÷एक विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : ३४ बजे