मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयरल्यान्डविरुद्ध ब्याटिङ गरदै नेपाल



काठमाडौँ। नेपालले आयरल्यान्ड वभ्ल्ससँगको दोस्रो तथा अन्तिम टी–२० शृंखलामा पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका हुन्।

मुख्य प्रशिक्षक मोन्टी देसाईंले दुई परिवर्तन गरेका छन्।दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई आराम दिइएको छ।

उनीहरूको स्थानमा विवेककुमार यादव र अनिल साहले मौका पाएका छन्।

सोमबार भएको पहिलो टी–२० खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : ५८ बजे