मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कप्तान रोहित ३३ रन बनाएर आउट



काठमाडौं । घरेलु मैदानमा जारी टी२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेललाई पाँचौ विकेटको रुपमा गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले रोहितलाई १५।६ ओभरमा गुमाएको हो ।

रोहितले २४ बल खेल्दा ५ चौकासहित ३३ रन थपे। जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १५७ रन बनाएको छ। शृंखलाको यो दोस्रो खेल हो।

यसअघि पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई ६ विकेटले हराएको थियो।

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच टी२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ।

जसअन्तर्गत सुरुका दुई टी२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : २८ बजे