नेपालले आयरल्यान्ड वुल्भ्सलाई दियो १९९ रनको लक्ष्य



काठमाडौँ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो।

नेपालका कुशलले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे।

यता, गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए। ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे।

कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे।

आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए। बेन ह्वाइटको नाममा २ विकेट रहँदा फिओन ह्यान्ड र गेभिन होईको नाममा १र१ विकेट रह्यो।

प्रकाशित मिति : चैत्र १३, २०८० मंगलबार  २ : ५२ बजे