मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गा प्रसाईंको मेडिकलका पक्षमा आएको फैसलाप्रति डा.केसी सशंकित



काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले दुर्गा प्रसाईंले संचालन गर्दै आएको झापाको वीएण्डसी अस्पताललाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति प्रकट गरेका छन् ।

डा.केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत्र १२ गते सर्वोच्च अदालतले एक उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दा उपर गरेको फैसला र त्यसले सृजित हल्लाले ध्यानाकर्षण भएकोे उल्लेख गरेका छन् ।

‘देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य हुन्छ तर कसैको निहित स्वार्थमा कानुन प्रतिकुल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्नसक्छ र न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन,’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै उनले ऐनप्रतिकुल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प नरहेको उल्लेख गरेका छन् ।

डा.केसीले अगाडि भनेका छन्,‘अदालतको फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरेको आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई वल पुग्नेछ र आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुनेछ । यहि संदिग्ध अर्थ लाग्ने फैसालामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन ।’

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : २२ बजे