मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्दै जानुस, अहिलेको सत्ता गठबन्धन आफैँ समाप्त हुन्छ : प्रदीप पौडेल



काठमाडौँ । सांसद एबं नेपाली कांग्रेसका केँिद्रय सदस्य प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त हुने बताएका छन् । मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन स्थायी नहुने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिर समेत गरे । पर्खिएर बसेको खण्डमा कांग्रेसलाई यो देशले आफैँ फेरि सत्तामा पुर्‍याउने सांसद पौडेलको भनाइ थियो । उनले काँग्रेसका लागि सत्ता ठुलो नभएको भन्दै सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औँल्याए ।

‘नेपाली कांग्रेस सत्तामा जाँदैगर्दा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो ? भन्ने कुरा प्रष्ट हुनुपर्छ । अहिले देखिएका बेथितिहरुको अन्त्य कसरी गर्ने हो ? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ’, नेता पौडेलले भने ।

सांसद पौडेलले लोकतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने समेत बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : २० बजे