मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टुकोनको लैंगिक नीति सार्वजनिक, महिलाको पहुँच वृद्धिमा जोड



काठमाडौं । राप्रपा नेपाल निकट ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)ले महासंघको लैंगिक नीति सार्वजनिक गरेको छ । टुकोनको महिला विभागद्वारा राजधानीमा आयोजित लैंगिक नीति निर्माण तथा प्रशिक्षण कार्यक्रममा बुधबार नीति सार्वजनिक गरिएको हो ।

महिला प्रमुख कर्म डोलकर गुरुङले ‘टुकोन लैंगिक नीति २०८०’ प्रस्तुत गरेकी थिइन् । नीतिमा महिला सहभागिता र अवसरमा पहुँच वृद्धिलाई जोड दिइएको छ । कार्य क्षेत्रमा विभेद हटाइ कामको सम्मानको वातावरण बनाउन सबैले योगदान गर्नुपर्ने नीतिमा उल्लेख छ ।

महासंघले अगुवा महिला नेतृत्व तहलाई प्रशिक्षण दिएको छ । अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्टका उपाध्यक्ष सीता लामा, अन्टुक महिला प्रमुख एवं जेटीयूसीसी महिला संयोजक विष्णु थापा, कार्यकारी निर्देशक दीपा दवाडीलगायतले सम्बोधन गरे ।

टुकोनले आगामी दिनमा लैंगिक विभेदकारी व्यवस्था हटाउन श्रमिकका तल्लो तहसम्म पुगेर चेतना अभिवृद्धिलाई जोड दिएको छ । राजनीतिक भ्रष्टाचारलाई निर्मूल पार्ने अभियान चलाउदै सम्बर्धनवादको बाटोबाट श्रमिकको अधिकार सुनिश्चित गर्ने महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ३ : ५१ बजे