मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा बोलेरो दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते



मुगु– गमगढी–सोरु लोकमार्गमा बुधबार बोलेरो गाडी दुर्घटना २ को मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् ।

सोरु गाउपालिका केन्द्र सोरुकोटतर्फ जादै गरेको बोलेरो कच्यागाउँनजिकै सडकबाट करिब सय मिटर तल खस्दा चालक कविराज नेपाली र कुसुम नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो सोरु–६ कक्छेगाउँनजिक चार मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए ।

मृत्यु हुनेमा छन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हिरादिङ नेपाली र प्रेम नेपाली छन् । घाइतेमध्ये मन्जनेको गम्भीर छ ।

सामान्य घाइते प्रेम नेपाली बाहेकका अन्यलाई उपचारार्थ मुगु जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : १९ बजे