मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी, बागमती र गण्डकीमा चट्याङ्गसहित वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा हिमपात



काठमाडौं– हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा आज रातिदेखि नै हल्का वर्षा भइरहेको छ ।

‘आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘यस्तै, देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।’

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,’ सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : ४५ बजे