मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३८ छक्कासहित कुल ५२३ रन बनेको कीर्तिमानी खेलमा हैदराबादसँग मुम्बई ३१ रनले पराजित



एजेन्सी– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बुधबारको खेलमा सनराइजर्स हैदराबादले आईपीएल इतिहासकै सबैभन्दा ठूलो २७७ रनको योगफल बनाएको छ ।

रोयल च्यालेञ्जर्स बैंग्लोरले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठूलो गोगफल भंग गर्दै नयाँ इतिहास बनाएको छ ।

राजीव गान्धी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले तीन विकेटको क्षतिमा २७७ बनायो ।

२७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि तिलक बर्माले अर्धशतक ६४ रन बनाए । इशन किसनले ३४ रन, रोहित शर्माले २६ रनको योगदान दिए । टिम डेविड ४२ रन र रोमारियो शेफर्ड १५ रनमा अविजित रहे ।

हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरवादका लागि हाइनरिक क्लासनले अविजित सर्वाधिक ८० रन बनाए । त्यस्तै, एडन मारक्रमले ४२ रन, अभिषेक शर्माले ६२ रन बनको योगदान दिए ।

मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाले १–१ विकेट लिएका थिए ।

छक्का र चौकाको वर्षा भएको खेलमा ३८ छक्कासहित कुल ५२३ रन बने ।

जारी आईपीएलमा हैदरबादको पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो ।

चेन्नाई सुपर किंग्स लगातार दुई खेल जित्दै चार अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । राजस्थान, हैदराबाद, कोलकाता, पञ्जाव, बेंग्लुरु र गुजरातले समान दुई–दुई अंक जोडेका छन् । अहिलेसम्म दिल्ली, मुम्बई र लखनऊले जित निकाल्न सकेका छैनन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ८ : ४५ बजे