मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपको पहिलो सुनुवाइ चैत २३ मा



काठमाडौं– उच्च अदालत पाटनले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइको मिति तोकेको छ ।

बलात्कार आरोपित सन्दीपले जिल्ला अदालत काठमाडौंको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका थिए । तारिख बुझेकाले अब पहिलो सुनुवाइ चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए ।

एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत २३ मा झगडिया झिकाउने आदेश हुने थियो । तर, सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम हुने छ । त्यसपछि दुवै निवेदनलाई सँगै राखेर निरन्तर सुनुवाइ हुने उच्च अदालतले जनाएको छ ।

गत वर्ष ‘गौशाला २६’ले क्रिकेटर सन्दीपलाई बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ ।

उक्त फैसलामा चित्त नबुझाएपछि सन्दीप उच्च अदालत पाटन गएका हुन् । सरकारी पक्ष पनि उनी नावालिग नै रहेको भन्दै फैसला पुनरावलोकनका लागि गएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ७ : ४३ बजे