मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकासहित अधिकांश प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम आंशिकदेखि साधारण बदली रही बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । शुक्रबार उपत्यकासहित देशभरको मौसम आंशिक बदली रहने छ ।

हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित अधिकांश प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

शुक्रबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । साथै, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ८ : २३ बजे