मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजस्थानको लगातार दोस्रो जित, दिल्लीलाई हरायो



काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकाल्दा दिल्ली क्यापिटल्सले दोस्रो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा दिल्ली ५ विकेट गुमाएर १७३ रनमा रोकियो ।

पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसकेको राजस्थानको पारिलाई रियान परागले नटआउट ८४ रन बनाउँदै उकासेका थिए ।

यशस्वी जयसवाल ५ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । ५.२ ओभरमा ३० रन बनाएका बेला कप्तान सन्जु सामसन १५ रन बनाएर आउट भए । लगत्तै जोस बटलर पनि व्यक्तिगत ११ रन जोडेर आउट हुँदा राजस्थानले ७.२ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको थियो ।

त्यसपछि रियान पराग र रविचन्द्रन आश्विन मिलेर अघि बढाए । यी दुईले ३७ बलमा ५४ रनको पारि खेले । आश्विन १९ बलमा २९ रन बनाएर चौथो विकेटको रुपमा आउट भए । त्यसपछि रियान र ध्रुव जुरेलले २३ बलमा ५२ रनको साझेदारी गरेपछि राजस्थान पनि ठूलो स्कोरतर्फ अघि बढेको थियो ।

जुरेल १२ बलमा २० रन जोडेर आउट भएका थिए । अन्तिम १६ बलमा रयान पराग र सिमरोन हटमायर नटआउट ४३ रनको साझेदारी गरे । ७ बलको सामना गरेका हटमायरले नटआउट १४ रनको जोड्दा परागको नटआउट ८४ रनको अर्धशतकीय पारि नै राजस्थानका लागि ठूलो राहत बन्न पुगेको थियो । रियानले ४५ बलमा छ छक्का र सात चौका प्रहार गरे ।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोट्जे, अक्षर पटेकल र कुलदीप यादवले समान एक ÷एक विकेट लिए ।

जवाफी लक्ष्यसहित मैदान उत्रिएको दिल्ली क्यापिटल्सले सुरुआत मध्यम गरेको थियो । डेभिड वार्नर र मिचेल मार्सले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे । मिचेल मार्स १२ बलमा २३ रन बनाएर आउट भएका थिए । उनले पाँच चौका प्रहार गरे ।

लगत्तै रिकी भुइ खाता नै नखोली आउट भए । त्यसपछि वार्नर र कप्तान रिसव पन्तले पारि अघी बढाए । यी दुई खेलाडीले ४६ बलमा ६७ रनको साझेदारी गरेका थिए । पन्त २० बलमा २४ रन बनाएर आउट भए ।

वार्नर ३४ बलमा ४९ रनको पारि खेल्दै आउट भए । उनी तेस्रो विकेटको रुपमा आउट हुँदा दिल्लीले ११.२ ओभरमा ९७ रन बनाएको थियो । चौथो विकेटको रुपमा कप्तान ऋषभ पन्त आउट भएका थिए । ऋषभले २६ बलमा २८ रन बनाएका थ्एि ।

अभिषेक पोरेल ९ रन बनाएर आउट हुँदा दिल्लीले १५.३ ओभरमा १२२ रन बनाएको थियो । एक छेउमा ट्रिस्टन स्टब्सले अन्तिमसम्म प्रयास गरे पनि सफल भएनन् । उनी र अक्षर पटेलले अन्तिम २७ बलमा ५१ रनको साझेदारी गरे पनि दिल्ली १२ रनले पराजित भयो ।

स्टिब्सले २३ बलमा ४४ रन जोड्दा अक्षरले १३ बलमा नटआउट १५ रन बनाए । राजस्थानका नान्द्रे ब्रुगर र युजवेन्द्र चहलले समान दुई/दुई विकेट लिँदा आभेष खानले एक विकेट हात पारे । जारी सिजनमा दिल्लीको लगातार दोस्रो हार हो भने राजस्थानले लगातार दोस्रो जित निकालेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ८ : ४१ बजे