मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो



काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको मन्त्रालयमा बजेट भने एकदमै न्यून रहेको गुनासो गरेकी छिन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘लैंगिक समानताका लागि घण्टी बजाउनुहोस्’ कार्यक्रममा उनले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको र महिला, बालबालिका जेष्ठ नागरिकसँग जोडिएको संवेदनशिल मन्त्रालयमा बजेट बढाउन आवश्यक रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘यो वर्षको बजेट त धेरै नै न्यून छ । महिला, बालबालिका जेष्ठ नागरिकसँग जोडिएको संवेदनशिल मन्त्रालय भएको नाताले भन्नुपर्दा ७० प्रतिशत जनसङ्ख्या ओगटेको मन्त्रालय भएको हुँदा पनि बजेटको आधारमा धेरै नै न्यून छ । त्यसैले मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि भनेको थिएँ । यसलाई महिलाको अवस्थालाई बटममा सर्भिस डेलिभरी गर्नको लागि यो मन्त्रालयको बजेटले पनि भ्याउँदैन । र संरचना पनि छैन ।’

उनले महिलाको क्षेत्रमा छुट्याएको बजेट पनि अन्यत्र प्रयोग हुने गरेको भन्दै महिलाको लगानीमा भनेर आएको बजेट भनेपछि महिलामा नै लगानी हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : ४५ बजे