आयरल्यान्ड उल्भ्सविरुद्ध बमको शतक



काठमाडौँ । ओपनर लोकेश बमले आयरल्यान्ड उल्भ्सविरुद्ध शतक पुरा गरेका छन्।

उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै १६।१ ओभरमा १०१ रन बनाउँदै नेपाल ए को लागि पहिलो शतक पूरा गरे।

पाहुना टोली आयरल्यान्ड उल्भ्सले दिएको २२३ रनको लक्ष्य पाएको नेपालले ४३ रनमा ओपनर तथा कप्तान विनोद भण्डारी १६ रनमा आउट भएका थिए।

प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार  ४ : २५ बजे