मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अधिकांश प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना



काठमाडौं– हाल नेपालमा स्थानीय वायुको साथै मध्यप्रदेश र ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव परेकाले आज दिउँसो मध्यान्नपछि देशभर मौसम आंशिक देखि साधारण बदली रही पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत अधिकांश प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : १७ बजे