मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशूलीमा ट्याक्सी खस्योः बालिकासहित ५ जनाको मृत्यु



काठमाडौं– काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिननजिकै त्रिशूली नदीमा खस्दा एक बालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

शनिबार बिहान सवा ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको शव फेला परेको छ तर, परिचय खुलेको छैन ।

‘एक बालिकासहित दुई महिला र दुई पुरुषको शव भेटिएको छ । ट्याक्सीमा कतिजना सवार थिए सोबारे हामी यकिन गर्दैछौं,’ थापाले भने ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : २७ बजे