मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रोपटक विश्वासको मत



काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट सोमबार तेस्रो विश्वासको लिएका छन् ।

प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे भने विपक्षमा ३७ मत परेको छ । १५ मत तटस्थ रह्यो ।

मुख्यमन्त्री जम्कट्टेलको आफ्नो दल माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

कांग्रेस र नेपाल मजदुर किसान पार्टीले भने विपक्षमा मतदान गरेको छ । राप्रपा तटस्थ रह्यो । ११० सदस्यीय प्रदेश सभाको सोमबारको बैठकमा १०८ जनाको उपस्थिति थियो ।

एमालेसहितको गठबन्धनमा २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त जम्कट्टेलले यसअघि सोही वर्ष माघ ३ मा पहिलोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई ६ दलले समर्थन गरेका थिए । त्यसबेला उनले ११० मध्ये १०५ मत पाएका थिए ।

केन्द्रमा माओवादीसँग गठबन्धन टुटेसँगै प्रदेश सरकारबाट एमाले बाहिरिएको थियो । एमोलेले समर्थन फिर्ता लिएपछि जम्कट्टेलले दोस्रो पटक सोही वर्ष चैत १० मा विश्वासको मत लिएका थिए ।

त्यसबेला उनलाई आफ्नो दलसहित कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी मिल्दा ६७ मत आएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : २७ बजे