मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना, चार प्रदेशमा हिमपात



काठमाडौं– आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण

आज मंगलबार पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्हरूले जनाएका छन् ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली गरी चारवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बेलुकी देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने विभागले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ४८ बजे