तीनवटा प्रदेशमा चट्याङसहित पानी पर्ने सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात



काठमाडौं– आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ ।

कोशी, बाग्मती, गण्डकी र कर्णाली गरी तीनवटा प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बेलुका पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहने छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ४५ बजे