मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा नेपालको लगातार दोस्रो जितः बरोडालाई २७ रनले हरायो



काठमाडौं– भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।

नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालन सफल भएको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै १२९ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९–९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए ।

त्यस्तै कुशल मल्लले अविजित ४० तथा दीपेन्द्रसिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परीक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।

नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ५९ बजे