मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती, गण्डकी र सुदूरपश्चिममा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं– आज पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहने छ भने कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

बेलुका कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । तर कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ७ : ४४ बजे