नेपालले आज बरोडासँग खेल्दै, यस्तो छ नेपाली टोली



काठमाडौं– नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज चौथो खेल बरोडासँग खेल्दैछ । खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो पौने ३ बजेदेखि शुरु हुनेछ ।

आज तीनै खेल जितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन्तिम खेल हुँदैछ ।

नेपालले पहिलो खेल गुजरातसँग खेलेको थियो । गुजरातलाई पहिलो खेलमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा बरोडालाई र तेस्रोमा पुनः गुजरातलाई हराउँदै ६ अंक सहित फाइनल पुगेको थियो ।

गुजरात र बरोडाबीचको दुवै खेलमा गुजरातले बरोडालाई हराएर फाइनल पुगेको छ । त्यसैले आजको खेलको नतिजाले कुनै फरक पर्ने देखिँदैन ।

डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल भने आइतबार हुनेछ ।

यस्तो छ नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द ।

प्रकाशित मिति : चैत्र २३, २०८० शुक्रबार  ९ : २७ बजे