मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री दाहालले गोरखा दरबारमा प्रतिस्थापन गरे ५२ केजीको बहुमूल्य धातु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातात्विक महत्वको बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ प्रतिस्थापन गरेका छन् ।

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आयोजना गरेको मकार्यक्रमा धातुलाई प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । उनले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे । दाहालले जिल्लाको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने धारणा राखे ।

प्रहरीले गोरखा नगरपालिका– ७ सतिपिपल स्थित एक घरबाट उक्त ढुंगा गत असार १४ गते बरामद गरेको थियो । बरामदपछि खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले अध्ययन गरी सो ढुंगा क्वार्ज क्रिस्टल भएको प्रमाणित गरेका थिए । उक्त धातुलाई पुरातत्व विभागले पनि बहुमूल्य प्रमाणित गरेपछि गोरखा दरबारमा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेसँगै आज दाहालले गोरखा दरबारमा राखेका हुन् ।
उक्त धातुको तौल ५२.३३० केजी रहेको छ ।
कार्यक्रममा गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले त्यहाँको विकास निर्माणमा निरन्तर लाग्ने बताएका दाहालले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा ध्यान दिने आस्वासन दिए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १ : ५८ बजे