मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात



काठमाडौं– आज सोमबार देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

सोमबार देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

त्यस्तै, आज राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले उल्लेख गरेको छ । कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : २९ बजे