मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका अधिकांश प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं– आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । हाल पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज देशका अधिकांश प्रदेशमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानका साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा वर्षा हुने अनुमान गरिएको हो ।

यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

बुधबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ७ : ५७ बजे