बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल फित्र (ईद)का अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चैत २९ गते बिहीबार इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचनाअनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

मुस्लिम आयोगले पनि बिहीबार ईद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो ।

प्रकाशित मिति : चैत्र २८, २०८० बुधबार  २ : ०५ बजे