मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईद मुवारक



तस्बिर : बिजेन अमात्य

काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदै छन् । एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले इद उल फित्र अर्थात् ईद पर्व मनाउने गर्दछन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । काठमाडौंको बागबजारस्थित जामे मस्जिदमा पनि विहानैदेखि भीड लागेको छ । आज विहानैदेखि जम्मा भएका मुस्लिम समुदायका केटाकेटीदेखि बुढाबुढीले मस्जिदमा नमाज पढ्ने र एकाआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन्

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १२ : ३४ बजे