मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं– आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण आज पनि हावाहुरी, मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थान साथै बाँकी पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

बिहीबार पनि काठमाडौं उपत्यकालगायत केही ठाउँमा हल्का वर्षा भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ५७ बजे