मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुम्बईको दोस्रो जित, बेंग्लोरको पाँचौं हार



काठमाडौं– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बेंग्लोरले ब्यहोरेको छ । बिहीबार राति वांङखडे स्टेडियममा बेंग्लोरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ विकेटको जित दर्ता गर्न सफल भयो ।

मुम्बईलाई जिताउन इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेल्दा रोहित शर्मा, हार्दिक पाण्ड्या र तिलक वर्माको पारी पनि उत्कृष्ट रह्यो ।

लक्ष्य पछ्याउने क्रममा इशान किशन र रोहित शर्माले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गर्दै बलियो सुरुआत गराए । ८.५ ओभरमा पहिलो विकेटको रुपमा इशान किसन ६९ रन बनाएर आउट भएका थिए । उनले ३४ बलमा ५ छक्का र ७ चौका प्रहार गरे ।

त्यसपछि रोहित र सूर्यकुमार मिलेर मुम्बईको रथ अघि बढाए । रोहित २४ बलमा ३४ रन बनाएर आउट हुँदा मुम्बईले ११.२ ओभरमा १३९ रन बनाएको थियो । रोहितले तीन छक्का र तीन चौका प्रहार गरे । त्यसपछि सूर्यकुमार र कप्तान हार्दिक पाण्ड्या मिलेर टिमलाई जित नजिक लगेका थिए । र्सूकुमार १९ बलमा ५२ रनको अर्धशतकीय पारि खेल्दै आउट भए ।

सूर्यकुमारले १७ बलमै अर्धशतक पूरा गरेका थिए । उनले चार छक्का र पाँच चौका प्रहार गरे । कप्तान हार्दिक पाण्ड्या र तिलक बर्माले अन्त्यमा नटआउट पारी खेल्दै मुम्बईलाई सहज जित दिलाए ।

पाण्ड्याले ६ बलमा २१ रन बनाउँदा तीन छकका प्रहार गरे भने वर्माले १० बलमा १६ रन बनाउँदा तीन चौका प्रहार गरे । बेंग्लोरका आकाश दीप, विजयकुमार र विल ज्याकले एक एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरको सुरुआत राम्रो भएन । स्टार क्रिकेटर विराट कोहली ३ रन बनाएर आउट हुँदा पहिलो विकेट १४ रनमा गुमेको थियो । त्यसपछि विल ज्याक ८ रन बनाएर आउट भएका थिए । कप्तान फाफ डु प्लेसिस र रजत पटिदार मिलेर बेंग्लुरुको पारि सम्हालेका थिए ।

पटिदारले २६ बलमा ५० रनको अर्धशतकीय पारि खेल्दै आउट हुँदा ११.३ ओभरमा १०५ रन बनेको थियो । पटिदारले आफ्नो पापिरमा चार चौका र तीन छक्का हिर्काए । ग्लेन म्याक्सवेल फेरि फ्लप भए ।

उनले खाता नै खोल्न सकेनन् । कप्तान प्लेसिस र दिनेश कार्तिकको जोडीले खेल अघि बढाउँदै टिमको स्कोर १५० प्लस बनाएको थियो । १५३ रन हुँदा कप्तान प्लेसिस ६१ रनको अर्धशतकीय पारि खेलेर आउट भएका थिए । उनले ४० बलमा तीन छक्का र चार चौका प्रहार गरे । त्यसपछि मेहिपल लोमरोरले खाता खोल्न सकेनन् भने सौरभ चौहार ९ रन बनाएर आउट भए ।

विजय कुमारले पनि खाता खोल्न असफल हुँदा अन्त्यमा दिनेश कार्तिक र आकाश दीप नटआउट रहे । कार्तिकले २३ बलमा ५३ रनको आक्रामक पारि खेल्दा चार छक्का र पाँच चौका प्रहार गरे । आकाश दीप भने २ रनमा नटआउट रहे । मुम्बईका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिँदा गेराल्ड कोट्जी, आकाश भधवाल र श्रीयस गोपालले एक एक विकेट लिए ।

दोस्रो जित पछि मुम्बई ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने लगातार हार व्यहोरेको बेंग्लोर २ अंकका साथ नवौं स्थानमा छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ४३ बजे