मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास



काठमाडौं । इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू भएको छ । यसअघि युद्धमा परेर धेरै जना नेपालीहरूले ज्यान गुमाएका कारण इजरायलमा भएका स–साना सांघातिक हमलाहरूमा पनि नेपालमा रहेका परिवार र आफन्तजनले चिन्ता गर्ने अवस्था बनेको छ । तर इजरायलस्थित नेपाली राजदूतावासले भने त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेपनि नेपालीहरू भने सुरक्षित रहेको जनाएको छ । दूतावासले नेपालीहरुलाई कुनै समस्या परेर दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरे ।

दूतावासले जारी गरेको विज्ञिप्तमा द्धितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ । ‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासले विज्ञप्तिमार्फत् भनेको छ ।

यसअघि हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यसबेला हमासको कब्जामा परेका बिपीन जोशी अहिलेसम्म पनि स्वदेश फर्किन पाएका छैनन् । त्यसबेला सरकारले जहाज नै पठाएर इजरायलबाट नेपालीहरुको उद्धार गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : २४ बजे