मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने



काठमाडौं । एसीसी प्रिमियर कपमा आज नेपालले तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ । आज नेपालले हङकङविरुद्ध जित निकाले नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । समूह ‘ए’ मा रहेको नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ ।

यो समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतार छन् । नेपालले पहिलो खेलमा मलेसियासँग पाँच विकेटले र दोस्रो खेलमा कतारसँग ३२ रनको जित निकाल्दै दुवै खेलमा विजयी भएको थियो । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा भने साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा रहेको हङकङ पनि आज नेपाल विरुद्ध जितको खोजिमा हुनेछ ।

यस्तै, हङकङविरुद्ध जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ नेपाली टोली मैदान प्रवेश गर्नेछन् । नेपाल र हङकङबीच हालसम्भ भएका ९ वटा टी–२० आई खेलमा दुबै टोलीले ४÷४ खेलमा जित निकालेका छन् । एउटा खेल भने वर्षाको कारण रद्द भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : ३८ बजे