मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हङकङविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने



काठमाडौँ। नेपालले एसीसी प्रिमियर कपमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

अल अमेरत क्रिकेट ग्राउन्ड ९मिनिस्ट्री टर्फ १० ओमानमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेको हो।

समूह ‘बी’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।

यस्तै, शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो।

यस समूहमा नेपालमात्रै अपराजित टोली हो। आजको खेल जिते नेपालले सेमिफाइनल यात्रा बलियो बनाउने छ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : ५१ बजे