मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश गर्ने तयारी



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लागू औषध मुद्दामा दोषी ठहर भएर कैद भुक्तान नगरेका लामालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरेको छ ।

लामालाई बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

एन्फाको बिबाद बढेपछि अध्यक्ष पंकज बिक्रम नेम्बाङ नजिक दावाको पुरानो मुद्दा सार्वजनिक भएपछि उनी झन्डै ६ महिना यता फरार रहेका थिए । सामाजिक सञ्जालबाट पनि बाहिर रहेका उनी नयाँ बर्षसँगै सामाजिक सञ्जालमा सक्रिय भएका थिए ।

लामा लागुऔषध मुद्दामा ५ बर्ष कैद सजाय पाएका व्यक्ति हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १२ : १५ बजे