मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनिताले एसियन जुडोमा खेल्ने



काठमाडौं । नेपालकी मनिता श्रेष्ठले हङकङमा आयोजना हुने एसियन जुडो च्याम्पिनयसीपमा प्रतिष्पर्धा गर्ने भएकी छिन् । प्रतियोगिता अप्रिल २० देखि २४ सम्म हुनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राम्रो प्रदर्शनका लागि शुभकामना दिँदै बुधबार सातदोबाटोमा आयोजित कार्यक्रममा नेपाली टिमलाई बिदाइ गरे ।

त्यस अवसरमा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यको पनि सहभागिता थियो । नेपाली टिममा प्रशिक्षक देवु थापा रहेकी छिन् भने व्यवस्थापकमा सुप्रशिद्ध ताम्राकार छन् ।

मनिताले महिला ५७ केजीमुनिको तौल समूहमा प्रतिष्र्धा गर्नेछिन् । उनी ओलम्पिक स्कलरसिप प्राप्त खेलाडी हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १२ : ३२ बजे