मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमको मुख्यमन्त्रीमा समाजवादीका सोडारीको दाबी पेस



काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् । सोडारीले प्रदेश प्रमुख नाजिर मियासमक्ष दाबी पेस गरेका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

सोडारीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी गरेका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ४ : ४० बजे