मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीपीन जोशीका परिवारले भेटे राष्ट्रपति पौडेल,सकुशल उद्धार गरिदिन आग्रह



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर वीपीनको सकुशल उद्धार गरिदिन आग्रह गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाए ।

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहिन भएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : ५६ बजे