हिमपहिरोले वीरेन्द्र ताल फुट्दा बूढीगण्डकीमा बाढी, धार्चे, आरुघाट क्षेत्रमा सतर्क रहन आग्रह



काठमाडौं। हिमपहिरोले गोखराको चुमनुब्री गाउँपालिका(१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ।

बिहान पौने ९ बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्।

गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खस्दा जोखिम बढेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, ‘तालमा हिम पहिरो झरेको हो । त्यहाँ आसपास मानव बस्ती नभएकाले जोखिम देखिएको छैन । जोखिमको अवस्था बुझ्न प्रहरी टोली ताल क्षेत्रमा पुगिसकेको छ । तालले असर पर्ने मानव बस्तीलाई अर्लट गराइसकेका छौं,’।

तालबाट आभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे प्रहरी टोली फर्किएपछि थाहा हुने प्रजिअ दाहालले बताए । बाढीले क्षति सक्ने मानव वस्ती धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ ।

मौसम परिवर्तन पछि जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ । तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १२ : ०२ बजे