मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसकेबीसी तेक्वान्दोमा सुजित र प्राप्ति उत्कृष्ट खेलाडी



काठमाडौं । सुजित कार्की धोली र प्राप्ति कार्की एसकेबीसी तेक्वान्दो डोजाङका वर्ष उत्कृष्ट खेलाडी– २०८० घोषित भएका छन् । सुजित पुरुष र प्राप्ति महिलमा वर्ष खेलाडी घोषित भएका हुन् ।

एसकेबीसीले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई अवार्डसहित पुरस्कृत ग¥यो । वर्ष २०८० मा सुजितले १ अन्तर्राष्ट्रिय र ६ घरेलु प्रतियोगितामा स्वर्ण जितेका थिए । प्राप्तिले ४ घरेलु प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

उनीहरुलाई टोखा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख रन्जित डगौराले एक कार्यक्रमबीच ट्रफी र खेल पोशाक प्रदान गरी सम्मान गरे ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १२ : १८ बजे