मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रागिरी नगरपालिका र पूर्व सुरक्षाकर्मी परिषद्को आयोजनामा राजमार्ग सरसफाइ



काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा पर्ने राजमार्गको सरसफाइ गरिएको छ ।चन्द्रागिरी नगरपालिका र चन्द्रागिरी पूर्व सुरक्षाकर्मी परिषद्को आयोजनामा वृहत (नागढुङ्गा – ढुङ्गे अड्डा) राजमार्ग सरसफाइ अभियान अन्तर्गत राजमार्गको सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा चन्द्रागिरी नगरपालिका नगर प्रखुम घन श्याम गिरी , उप – प्रमुख बसन्ती श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, पूर्व सुरक्षाकर्मी परिषद् चन्द्रागिरी नगरपालिकाका अध्यक्ष विक्रम पाण्डे लगायत नगर प्रहरी, पूर्व सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती थियो ।

विभिन्न ४ स्थान बाट सरसफाइ अभियान प्रारम्भ गरी करिब ३ घण्टा पछि उक्त अभियान समापन भएको जानकारी पूर्व सुरक्षाकर्मी चन्द्रागिरी नगरपालिकाका सचिब नेपाली सेनाका अवकास प्राप्त प्रमुख सुबेदार सुब्बा थपलियाले जानकारि गराए ।

आगामी दिनहरुमा पनि नगरपालिका सँग सहकार्य गर्दै नगर भित्रका विभिन्न धार्मिक, सांस्कृति, एतिहासिक तथा पर्यटकीय महत्वको स्थानहरुमा सरसफाइ, स्वयं सेवकको भुमिका निर्वाह गर्दै नगर भित्र जुनसुकै कार्य गर्ने परिषद्का सचिब थपलियाले जानकारि दिए।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ६ : १३ बजे