कर्णालीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री परियारले लिए सपथ



कर्णाली, १२ वैशाख । कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सत्तासाझेदार नेकपा ९माओवादी केन्द्र०को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक थिए । 

गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : १६ बजे