मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौँ, । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।

त्यसअवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दि एको र जेनेभास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रपति माटारेलाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इटालीका जनताको निरन्तर प्रगतिको कामना गरे ।

उनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासबारे जानकारी दिँदै वर्तमान सरकारका प्राथमिकता सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ११ : १० बजे