मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इन्डिजविरुद्धको खेलका लागि नेपाली टोली तयार, रोहितले गर्नेछन नेतृत्व



काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध शनिबारदेखि हुने पाँच खेलको सिरिजका लागि रोहित पौडेलको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ । टोली १६ सदस्यीय छ ।

टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अबिनाश बोहरा, विवेक यादव र आकाश चन्द समेटिएका छन ।

टी–२० सिरिज खेल्न वेस्ट इन्डिजको टोली बुधबार नै काठमाडौँ आइसकेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार पाँच खेलको सिरिज सुरु हुँदै छ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १२ : १२ बजे