मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्दा उठाएर ढाका गयो भलिबल टिम



काठमाडौं । ११ सदस्यीय नेपाली टिम बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएको छ ।

ढाकामा भोलि (वैशाख १४) देखि हुने आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुन प्रशिक्षक सहितको टिमलाई आज भक्तपुरबाट बिदा गरिएको हो ।

ढाका गएका खेलाडीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशि पुलामीमगर र भुवन तामाङ छन् । टिम म्यानेजर दीपक थापाका अनुसार, प्रशिक्षक उत्सव खड्का र सहायक प्रशिक्षक जनकबहादुर खड्का पनि टिमसँगै गएका छन् ।

सरकारी निकायबाट सहयोग नभएपछि सहायता फाउण्डेसनका अध्यक्ष राजु ढु्ङ्गेल, व्यवसायी लक्ष्मण अवाल र थापा आफैँले रकम जुटाएर भलिबल टिमलाई ढाका पठाएको थापाले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  १ : २६ बजे