मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘हात्तीको भाइरल भिडियो ‘फेक’ हो, कागजी प्रक्रिया जारी छ’



काठमाडौं । नेपालको दुई दिने राजकिय भ्रमण सकेर कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएसँगै सामाजिक सञ्जालहरुमा नेपालले उपहार दिने भनिएका दुईवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडिओ भाइरल भइरहेको छ ।

बु्धबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिएको देखिएको छ । सामाजिक सञ्जालमा बिहीबार नै कतार पठाइएका भन्दै भाइरल भइरहेको भिडियो ‘फेक’ भएको र यसमा कुनै सत्यता नभएको नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले जनाएका छन् ।

नेपालले उपहार दिने भनिएका हात्ती कतार पठाउनका लागि कानूनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

‘नेपालका तर्फबाट एक जोडी हात्ती उपहार दिनका लागि केही महिना अगाडिदेखि विभिन्न कार्यहरू र छलफल भइरहेकोमा अन्तर्राष्ट्रिय कानूनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएकाले आगामी दिनहरूमा उपहार प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएपश्चात् उक्त प्रक्रिया पूरा हुनेछ,’ ढकालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

कतार पठाउने भनिएका हात्तिहरु चितवन राष्ट्रिय निकुञ्जमा रहेको र सामाजिक सञ्जालमा भाइरल भिडियो समेत नेपालको नभएको बुझिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ३ : ५९ बजे