झन्डै २ किलो सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ



काठमाडौँ । १ किलो ८ सय ग्राम अवैध सुन र १ करोड ४३ लाख नगदसहित ७ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको विवरणबारे जानकारी दिन कार्यालयले पत्रकार सम्मेलनको तयारी थालेको छ।

प्रकाशित मिति : बैशाख १४, २०८१ शुक्रबार  १२ : ५७ बजे