काठमाडौं ।बागमती नदी काठमाडौं उपत्यकाभित्रको सभ्यता हो । बागमती नदीमा सातवटा सहायक नदी र पाँचवटा खोलाहरु मिसिएका छन् ।
सरकारले यिनै नदी र खोलाहरुको किनारलाई करिडोरका रुपमा विकास गर्दै ण्संरक्षण र सौन्दर्यकरण गर्दै लगेपछि हरियाली र सुन्दर देखिएको छ ।
चैत्र–बैशाखमा ढकमक्क फुलहरु फुलिरहेका छन् । मन नै लोभ्याउने गरी हरियाली छाएको छ । साँच्चै करिडोर क्षेत्र मनमोहक देखिएको छ ।