मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणना



काठमाडौं । बझाङ १ (१) मा हेलिकप्टरबाट मतपेटिका ल्याइदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ । साइपाल गाउँपालिकाको दुई वटा मतदान केन्द्रमा खसालिएको मतपेटिका भौगोलिक कठिनाइका कारण मतगणनास्थल पु¥याउन समस्या भएका कारण मतगणनामा ढिलाइ भएको हो ।

सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहका अनुसार ती मतपेटिका लिन अहिले बिहान हेलिकप्टर पठाइएको छ । ‘साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान

केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाएका छौँ,’ उनले भने, ‘मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बस्ने तयारी छ । त्यसपछि मतगणना सुरु हुन्छ ।’

६१ हजार ७ सय ४८ जना मतदाता रहेको बझाङमा शनिबार साँझसम्म संकलित विवरणअनुसार बझाङमा कूल ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन कार्यायले जनाएको छ । मतदान व्यवस्थित र सुरक्षित बनाउन बझाङमा १५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि रित्त पदमा गराइएको उपनिर्वाचनमा कांग्रेसबाट सिंहकै छोरा अभिषेक उम्मेदवार छन् । यस्तै, माओवादी केन्द्रका जनक बुढा, एमालेका दमन भण्डारी तथा एकीकृत समाजवादीका दिलबहादुर सिंह लगायत उम्मेदवार छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : २४ बजे